भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान

राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार नगदबाट सम्मानित भएको छ । त्रिदेशीय ट्वान्टी २० क्रिकेट शृंखला काठमाडौंमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच सम्पन्न प्रतियोगिता जितेको नेपाली टोलीलाई नगत सम्मान गरेको हो । राष्ट्र्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली टोलीलाई नगद ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख प्रदान गरेको हो  ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको माई सेकेन्ड टिचरले जनाएको छ । माई सेकेन्ड टिचरका तर्फबाट इननोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले कप्तान ज्ञानेन्द्र मल्ललाई नगद हस्तानतरण गर्दै त्रिदेशीय शृंखलामा नेपालको प्रर्दशन गर्विलो रहेको जनाए ।
कुशल भुर्तेल, आसिफ शेख, शाहव आलम र कमल सिंह ऐरीले प्रतियोगिताबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.