भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ हजार ३२४ जना कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ हजार ३२४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख २३ हजार ३२४ जना कोरोना संक्रमित थपिएका छन् । वर्ल्डो मिटरको आँकडा अनुसार विश्वभर १८ करोड ३३ लाख ८९ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हाल १ करोड १५ लाख १५ हजार ४७१ जना सक्रिय संक्रमित रहेका छन् । विश्वभर सबैभन्दा बढी सक्रिय संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हाल ४८ लाख ८८ हजार ८७० सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा १६ हजार ३३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा ३१५ संक्रमितले ज्यान गुमाउदा २४ हजार ५८३ संक्रमित भने निको भएका छन् । त्यस्तै, भारतमा थप ४३ हजार ३६० संक्रमित थपिएका छन् । ७९६ संक्रमितको मृत्यु हुँदा ५४ हजार ५६५ जना निको भएका छन् । हाल भारतमा ५ लाख १७ हजार ५७९ जना संक्रमित रहेका छन् । ब्राजिलमा भने ११ लाख ७० हजार ८४३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ब्राजिलमा थप ६३ हजार १४० जना संक्रमित थपिदा १ हजार ९४३ जनाको मृत्यु र ७२ हजार ६४० संक्रमित निको भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.