भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

रासायनिक मलको अभाव छैन,

रासायनिक मलको अभाव छैन,

विराटनगर । प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरले जनाएको छ । लगभग रोपाई सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार ५०६ मेट्रिक टन, डिएपी ६४६ मेट्रिक टन र पोटास ७२ मेट्रिक टन मौज्दातमा रहेको कार्यालयका प्रमुख नवरत्न गौतमले जानकारी दिए । उनले यस कार्यालयमा केही दिनभित्रै थप युरिया एक हजार ५०० मेट्रिक टन आउने भएकाले किसानलाई वर्षे धान बालीका लागि चाहिने मलको अभाव नरहने बताए ।

गएको वर्षमा रासायनिक मल ५१ हजार २०८ मेट्रिक टनमा मातहतका कार्यालयमा २८ हजार ९५४ मेट्रिक टन पठाएको र कार्यालयले आफैँ १२ हजार ९१६ मेट्रिक टन बिक्री गरी असारसम्ममा नौ हजार ७७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको थियो । युरिया अहिले ५० केजीको प्रति बोरा रु ७५० र डिएपी रु . दुई हजार २०० मा बिक्री भएको बताइएको छ ।

साल्ट ट्रेडिङ कम्पनी विराटनगरमा युरिया १८ हजार ५६२ बोरा, डिएपी १५ हजार २०६ बोरा र पोटास एक हजार ९६४ बोरा मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । कार्यालयले यस वर्ष युरिया २३ हजार ७४७ बोरा, डिएपी १३ हजार ४७० बोरा र पोटास एक हजार ६०० बोरा वितरण गरेको छ भने चालू आवको साउनदेखि अहिलेसम्म वितरण गरेको रासायनिक मलको विवरण भने निकाल्न नपाएको प्रमुख चौधरीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.