भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

रुकुम साेती हत्याकाण्डको छानविन गर्न संसदीय समिति गठन गरिने

रुकुम साेती हत्याकाण्डको छानविन गर्न संसदीय समिति गठन गरिने

२३ जेठ २०७७ काठमाडौं । रुकुममा ६ जना युवाको हत्याकाण्ड छानविनका लागि संसदीय समिति बन्‍ने भएको छ। संघीय संसदले रुकुम पश्‍चिमको चौरजाहरीस्थित सोतीमा भएको हत्याकाण्डको छानविन गर्न समिति बनाउने भएको हो ।

आजको संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद चल्न नदिने भन्दै उठेर विरोध जनाएपछि सभामुख अग्‍निप्रसाद सापकोटाले रुलिङ गर्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गरेर संसदीय छानविन गर्ने बताए ।

कांग्रेसकी सचेतक पुष्पा भुषाले रुकुमको घटना छानविन गर्न तत्कालै संसदीय छानविन समिति गठन गर्न माग गर्दै संसद चल्न नदिने बताएकी थिइन्। सभामुखले नियमवाली २०७५ बमोजिम संसदीय समिति गठन गरिने बताएपछि प्रतिनिधिसभा बैठक अहिले जारी छ।