भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रेडक्रसद्वारा बाढीपिडितलाइ राहत बितरण

रेडक्रसद्वारा बाढीपिडितलाइ राहत बितरण

देबराज पाध्याय/बाजुरा । नेपाल रेडक्रस सोसाइटी बाजुराले बिभिन्न ठाउँका बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरेकाे छ । साउन २५ गते र भदौमा गौमुलबाट आएको बाढि र पहिरोमा परी समस्यामा परेका बडिमालिका नगरपालिका १३ घर परिवारलाई राहत साम्रगी बितरण गरेकाे हो ।

सोमबार एक कार्यक्रमको आयोजना गरि पिडीतलाई राहत बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका कार्यक्रम संयोजक इस्वरा सुबेदीले बताएकी छन् ।बडिमालिका नगरपालिकाका १३ परिवारलाई प्रतिब्यक्ती रु ५ हजार नगद लगायत अन्य स्वास्थ्य साम्रगी सहयोग गरेको रेडक्रस सोसाईटी बाजुराका सभापती रमबहादुर शाहीले बताए ।

राहत साम्रगी बितरण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीको अध्यक्षतामा रापकमा सो साम्रगी बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उप प्रमुख सुनिता सुनार रहेकी थिइन । कार्यक्रमा अतिथिमा बडिममालिका नगरपालिकाकी उप प्रमुख कबिता बिष्ट रहेकी थिइन । पत्रकार महासघंंका सदस्य लक्ष्मीराज पाध्या लगायत रेडक्रस सोसाइटी बाजुराका पदाधिकारीको सहभागीता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.