भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप |

रेडियोबाट अव्यवहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहा गर्न अर्थमन्त्रीलाई आग्रह

रेडियोबाट अव्यवहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहा गर्न अर्थमन्त्रीलाई आग्रह

काठमाडौं । सरकारले बजेटमा स्वतन्त्र रेडियोलाई सम्बोधन नगरेकोमा विरोध गर्दै रेडियोबाट अव्यवहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहा गर्न अर्थमन्त्री डा.प्रकाशशरण महतको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब र ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल बानले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

अकोराबका अध्यक्ष अर्जुन गिरी र बानका अध्यक्ष कुमार भट्टराईले संयुक्त विज्ञप्ति निकालेर आगामी आर्थिक वर्षको बजेटमा रेडियोहरूको नवीकरण तथा रोयल्टी शुल्कमा छुट गर्न, नवीकरण, करलगायतमा अन्य संस्थासरह नियमानुसार राजस्व तिरिरहेका स्वतन्त्र रेडियोबाट अव्यवहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहा गर्न

नीतिगत व्यवस्था गरी दोहोरो–तेहेरो कर असुली अन्त्य गर्नुपर्ने लगायत माग गरेका छन् । बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित लिखित रूपमा ध्यानाकर्षण गराइएको र सरकारले स्वतन्त्र रेडियोलाई बेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । डा महत र सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले जवाफमा सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.