भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

हुम्लाका ५७ जना विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखियो

हुम्लाका ५७ जना विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखियो

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको छ । नाम्खा गाउँपालिका–४ याल्वाङमा रहेको विद्यालयको छात्रावासमा बस्दै आएका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुसार सुरुमा एक विद्यार्थीमा देखिएको समस्या अरू विद्यार्थीमा सरेको छ ।

ती विद्यार्थीको अनुहार, शरीर र पाखुरामा फोका आएका छन् । उपचार र परीक्षणका लागि नमुना सङ्कलन गर्न स्वास्थ्यकर्मीको टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो । परीक्षणपछि रोगबारेमा आधिकारिक पुष्टि हुनेछ । सङक्रमण देखिएका विद्यार्थीलाई आइसोलेशनमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.