भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने काठमाडौं महानगरको नीति

सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने काठमाडौं महानगरको नीति

काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रममा करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार आर्थिक वर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएका हुन ।

यतिमात्रै होइन कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा समेत गरिएको छ । महानगरले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन गर्ने, कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने नीति ल्याएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले काठमाडौं महानगरभित्र रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गरिने उल्लेख गरिएको छ । महानगरमा बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने महानगरपालिकाका मेयर बालेन शाहले बताए । उनले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति समेत लिदै पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना सार्वजनिक गरे ।

महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने, जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी हुर्ने महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने कार्यक्रममा उल्लेख गरिएको छ । महानगरले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.