भर्खरै : Sorry, your browser does not support inline SVG.
जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु | भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? |

आज देशभर १७ औँ पुस्तकालय दिवस मनाइँदै

आज देशभर १७ औँ पुस्तकालय दिवस मनाइँदै

काठमाडौं । आज देशभर १७ औँ पुस्तकालय दिवस मनाइँदै छ। राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ।

१७ औँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम शुरु भएको छ। दिवस मनाउन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ।

मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ। यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ। कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ। मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी भएको छ।

 


Thali Mobile Pvt.Ltd.