ललितपुर । ओलीसमूहका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ ले प्रतिगामी शक्तिका कारण नेकपा विभाजन भएको बताएका छन् । ललितपुर जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको भेलामा थापाले यस्तो बताएका हुन ।
अग्रगमन र प्रतिगमनबीचको लडाई अहिलेको कम्युनिष्ट आन्दोलन भएको बताए । ‘नेकपालाई कसरी विभाजन गर्ने भन्ने कुरा हामीले कम्युनिस्ट आन्दोलन एकतावद्ध गरेदेखि षड्यन्त्र सुरु गरेको उनको दावी छ ।
स्थिर सरकार बनाएदेखि मुलुकमा अस्थिरता कसरी पैदा गर्ने भन्ने उनीहरुको परपन्च भएको भन्दै बादलले नेकपा विभाजनको सुक्ष्म अध्ययन हुन जरुरी रहेको बताए । नेकपाभित्र गम्भीर अन्तरविरोध, असन्तुष्टि र कमजोरी रहेको उनको ठम्याई छ ।
नेकपाभित्र पदलोलुप धेरै रहेको भन्दै विभाजनको कारण त्यही पद भएको जिकिर गरे । ओली समूह अग्रगमनका साथ अगाडि बढेको र प्रचण्ड माधव समूह प्रतिगमन रतर्फ लागेको दावी गरे । नेपालमा बाह्य हस्तक्षेप बढेको भन्दै थापाले चुनौती झेल्नु पर्ने बताए।
