भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान

लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान

काठमाडौं । नियन्त्रित लागुऔषधसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका २० वर्षीय आश्रय आलमलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नागढुङ्गास्थित सुरक्षा चौकीमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख ७१९५ नंको बसमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । यसैबीच काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित दिपीका गेष्ट हाउसको शौचालयमा मकवानपुर घर भएका ४५ वर्षीय भीम थिङ आज मृतावस्थामा फेला परेका छन् । सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सङ्गठित अपराध मुद्दाका फरार व्यक्ति पक्राउ

उता मानव बेचबिखन तथा ओसारपसार एवं सङ्गठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका–५ घरका ३८ वर्षीय राजन भन्ने जगतबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ साल चैत २ को फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट पक्राउ गरेको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ ।

उनले ओमानमा घरेलु कामदारका रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी विनाश्रम स्वीकृति गैह्रकानूनी तरिकाले २०७३ साल फागुन १३ मा पीडितबाट रु तीन लाख ५० हजार रकम लिई भिजिट भिसामा युएईको दुबई पठाएका थिए ।ओमनको सीमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र दुबईस्थित नेपाली राजदूतावास समेतको सहकार्यमा पीडितलाई उद्धार गरिएको थियो । उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले आजै कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको ब्यूरोले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.