भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

लाली स्वास्थ्यचौकीमा औषधि अभाव

लाली स्वास्थ्यचौकीमा औषधि अभाव

सिमकोट, । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारी दिए ।

उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।” दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने बताइएको छ । पछिल्लो समय ‘सिजनल फ्लु’का कारण सो स्वास्थ्य सस्थामा बिरामी बढेका छन् ।

 


Thali Mobile Pvt.Ltd.