भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

लिदी अपडेट : पहिरोमा ३६ बढी बेपत्ता, ३७ घर पुरिए, दुइकाे शव भेटियाे, हेलिकोप्टर अवतरण हुन नसक्दा समस्या

लिदी अपडेट : पहिरोमा ३६ बढी बेपत्ता, ३७ घर पुरिए, दुइकाे शव भेटियाे, हेलिकोप्टर अवतरण हुन नसक्दा समस्या

३० साउन २०७७ सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ को लिदीमा गएको पहिरोले ३७ घर पुरिएको छ । शुक्रबार बिहान गएको पहिरोमा ३६ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् भने प्रहरीले एकीन तथ्यांक सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण एकीन तथ्याङ्क आइ नसकेको जानकारी दिए । पहिरोमा ३६ बढी बेपत्ता भएको र ३७ घर पुरिएको स्थानीय पेशलाल दोङले बताए । पुरिएका घरमध्ये २७ घर पूर्ण रुपमा क्षति पुगेको छ ।

दुई जनाको शव भेटिएको छ भने ५ जनालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम चौतारा पुर्याइएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । अहिले उद्धार र खोजीको काम चलिरहेको छ । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली पनि पुगेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.