भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लिभरपुल र चेल्सी विजयी

लिभरपुल र चेल्सी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पछ्याइरहेको लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको हो । लिभरपुलका लागि भर्जिल भान डाइक, अक्सलेड चेम्बरलिन र फाबिन्होले एक एक गोल गरे । क्रिष्टल प्यालेसका इडुवार्डले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–० ले पाखा लगायो । चेल्सीको जितमा हकिम जियक र थियागो सिल्भाले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनललाई बर्न्लेले गोलरहित बराबरीमा रोक्दा लेष्टर सिटीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको छ । गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा २३ खेलबाट ५७ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थगानमा यथावत छ । २२ खेलबाट ४८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा २४ खेलबाट ४७ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.