भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं । क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको हो । आगलागीमा परी ८ जना घाइते भएको जनाइएको छ । खाना पकाउने ग्यास भण्डारण गरिएको ठाउँसम्म आगो फैलिएकाले ठुलो मानविय क्षति भएको बताईएको छ ।

दुताबास र कुटनीतिज्ञहरुको निवास रहेको क्षेत्रमा अवस्थित सो नाइटक्लबमा भएको आगलागीका कारण आसपासका घरहरुमा पनि सतर्कता अपनाईएको थियो । क्लबमा जलाइएको आतिशबाजीका कारण आगलागी भएको अनुसन्धानबाट खुलेको छ । आगलागीले पार्किङमा राखिएका दर्जनौ सवारीसाधन नष्ट भएको छ । आगलागीको समय सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.