भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

लुइजियानामा आँधीको खतरा कायमै, एक जनाको मृत्यु

लुइजियानामा आँधीको खतरा कायमै, एक जनाको मृत्यु

वासिङ्टन, । अमेरिकाको लुइजियानामा सोमबार शक्तिशालीमध्येको एक समुद्री आँधी आएको बताइएको छ । सो आँधीमा परी अहिलेसम्म एकजनाको ज्यान गएको छ । सो आँधीले गर्दा उक्त क्षेत्रको तटीय क्षेत्र डुबाएको बताइएको छ । त्यसैगरी यहाँका भौतिक तथा अन्य आधारभूत संरचना नै केही डुबाएको र केहीमा नराम्ररी क्षति पयाएको बताइएको छ । यो आँधीको चपेटामा परेर करिब सात लाख मानिस विद्युत सेवाबाट पनि बञ्चित हुन पुगेका बताइएको छ ।

अमेरिकाका मौसमविद्ले यसलाई यहाँको अहिलेसम्मका शक्तिशालीमध्येकै एक आँधी भनेका छन् । यो आँधी निरन्तररूपमा नै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा रहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने मौसमविद्ले जनाएका छन् । यहाँको तटीय क्षेत्रबाट दशौँ हजार व्यक्तिको उद्धार गरिएको अधिकारीले जनाएका छन् ।

साथै उद्धार गर्न नसकेर सोही क्षेत्रमा सुरक्षित साथ बसेका भनिएका नागरिकलाई भने अरु केही दिन त्यहीँ बस्न भनिएको र अहिले नै मद्दत गर्न नसकिने अवस्था रहेको बताइएको छ । यो आँधीले न्यूअर्लियन्स नजिकैको एउटा अस्पतालको छाना नै उडाइदिएको बताइएको छ । तर त्यसमा परेर कोही पनि बिरामी घाइते भने नभएका बताइएको छ । यहाँका हजारौँ मानिस सुरक्षित स्थानतर्फ भागेका छन् । यहाँ बाँकी रहेका अन्य व्यक्तिलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.