भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

लुम्बिनीमा पर्यटकको चहलपहल,पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनीमा पर्यटकको चहलपहल,पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

काठमाण्डौ । भारतीय र तेस्रो देशका पर्यटक धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीमा आउने ह्वातै बढेको छ । पाँच महिनामा लुम्बिनीमा चार लाख ७० हजारभन्दा धेरै पर्यटक भित्रिएसंगै यहाँ आउने पर्यटकको संखया ह्वातै बढेको हो । लुम्बिनीमा आन्तरिक पर्यटकको पनि चहलपहल बढिरहेको छ ।जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चार सय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेको तथ्याङ्क छ ।

सन् २०२३ को जनवरीदेखि मे महिनासम्म चार लाख ७० हजार पाँच सय ४२ जना पर्यटक लुम्बिनी भित्रिएका हुन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गएको वर्षभन्दा यस वर्ष भित्रिएका पर्यटकको सङ्ख्या एक लाख आठ हजारभन्दा धेरै रहेको छ । कोरोना महामारीको बेला सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएका नागरिकले लुम्बिनी भ्रमण गरेका थिए ।

पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुई सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यानमारका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाका दुई हजार छ सय २९, चीनका एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना नागरिकले लुम्बिनीको भ्रमण गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.