भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

लुम्बिनी प्रदेश सरकारले ल्याएको कर्मचारी ऐन कार्यान्वयनमा सकस

लुम्बिनी प्रदेश सरकारले ल्याएको कर्मचारी ऐन कार्यान्वयनमा सकस

बुटवल । संघीय सरकारले कर्मचारी ऐनबारे छलफल गरिरहँदा लुम्बिनी प्रदेशले भने निजामती विधेयक पारित गरेको छ । यो ऐन कार्यान्वयनमा ल्याउन कति सकस होला, त्यो भने आउने दिनले नै बताउला । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले यो ऐन लागु हुने बताउँछन् ।

उनले अबको एक हप्ताभित्र प्रक्रिया पुर्याएर लागु गर्ने योजनामा सरकार रहेको खुलाए । स्मरण रहोस्, लुम्बिनी प्रदेश सरकारले यसअघि प्रहरी ऐन पारित गरे पनि संघीय सरकारले प्रदेश प्रहरी ऐन नल्याउँदा लागु हुन सकेको छैन ।प्रवक्ता पाण्डेय यो ऐन प्रहरी ऐनजस्तो नहुने बताउँछन् ।

लुम्बिनी प्रदेशको प्रहरी ऐनमा जसरी डिआइजीसम्म प्रदेशले राख्ने गरी पारित गरेको थियो, त्यसैगरी कर्मचारी विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको पद संघीय निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको निजामती कर्मचारी वा प्रदेश निजामती सेवाको तेह्रौँ तहको वा सोसरहको रहने उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.