भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

दलित समुदायका घर जोखिममा पारेर वडाध्यक्षले जबरजस्ती डोजर चलाएको भन्दै स्थानीय आन्दोलित

दलित समुदायका घर जोखिममा पारेर वडाध्यक्षले जबरजस्ती डोजर चलाएको भन्दै स्थानीय आन्दोलित

पाल्पा । पाल्पाको तानसेन नगपालिका वडा नम्बर १४ का वडाध्यक्ष शोभाकर भट्टराईले दलित समुदायका घर जोखिममा पारेर जबरजस्ती डोजर चलाएको भन्दै स्थानीय आन्दोलित भएका छन् । दलित समुदायका नागरिकले आफ्नो बस्ती माथि वडाध्यक्षका आफन्तको घर रहेको र त्यहाँ बाटो पुर्‍याउनका लागि बीचमा पर्ने व्यक्तिका निजी घरजग्गामै डोजर चलाइएको बताएका छन् । स्थानीयले घरहरू यही बर्खामा नै जोखिममा परेकाले त्यसको रोकथामसहित क्षतिपूर्तिको माग गरेका छन् ।

बर्खाका समयमा बाढी र पहिरो खस्नेगरी आफ्ना घरछेउबाटै डोजर चलाइएको पीडित परिवारका सदस्य प्रेम शाही समुन्द्रीले जानकारी दिए। वडाध्यक्षले आफ्नो परिवारसमक्ष कुनै पनि सहमति नगरेका तथा घरको आँगनबाटै डोजर चलाउँदा समेत आफूहरूलाई कुनै सूचना नै नदिई जबरजस्ती गरेका उनले बताए । वडाध्यक्ष शोभाकर भट्टराईले भने आफूले मौखिक रूपमा सम्बन्धित व्यक्तिलाई सोधेको दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.