भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित

वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित

चीन । पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्।

शनिबार दिउँसो ३:०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो । मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ ।
वर्षाको प्रभाव बुधबार उत्तर याङ्जीा नदी तर्फ सर्नेछ।

 


Thali Mobile Pvt.Ltd.