काठमाडौं । मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिएका छन् । पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइयो अनिल पाखेरलेलाई गृहमन्त्री खाँडले निर्देशन दिएका हुन । ‘बिहानै गृहमन्त्रीलाई बाढीले पुर्याएको क्षति बारे जानकारी गराएको थिए’, प्रदेश सभा सदस्य लामाले भन्नुभयो, ‘तत्काल भूगर्वविद्सहित विज्ञ टोली पठाएर अध्ययन गर्न निर्देशन दिनुभएको छ ।
असार १ गते आएको बाढी निरन्तरको वर्षाले भेम्राथाङको २५ प्रतिशत चउर बगेर आएको विज्ञले बताएका थिए । अहिले पनि त्यहाँ निरन्तर वर्षा भइरहेकाले बाँकी भाग बगाएर आएको हुनसक्ने अनुमान प्रदेश सभासद लामाको छ ।
हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास शनिबार दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो ।
