भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन आजदेखि

‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन आजदेखि

काठमाडौँ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवत्र्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवत्र्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

उहाँले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पु¥याउने बताए। उहाँले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक बनाउन कार्यक्रम आयोजना गरिएको सुनाउनुभयो । उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउन सातै प्रदेशमा नवप्रवत्र्तन केन्द्र स्थापना गरिनेसमेत जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पु¥याउने जनाउँदै विज्ञान र प्रविधिलाई समाजसँग घुलमिल गराउनुपर्ने भनाइ राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्तोलाले अनुसन्धान र नवप्रवत्र्तनमा नेपालको शिक्षा कमजोर रहेको विश्वास गर्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षामा अनुसन्धान र नवप्रवत्र्तनका काम हुनसके युवालाई स्वरोजगारमुखी बनाउन सकिने जनाउँदै उहाँले सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजको समस्या समाधान गर्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विज्ञान र प्रविधिमार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्नसक्ने भनाइ राख्नुभयो ।

विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने जनाउँदै उहाँले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विज्ञानबाट सिकेका कुरालाई उद्यमशीलतातर्फ लैजानुपर्ने बताउनुभयो । उहाँले युवाले आफूसँग भएको सीपलाई उत्पादनशीलतामा परिणत गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।

सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेका विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले जानकारी दिए । सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत चार विषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करीव ४०० युवा वैज्ञानिकको सहभागिता छ ।

 


Thali Mobile Pvt.Ltd.