भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

विदेशी आउँदा दिनमा ५ वटा सम्म विमान चार्टर, हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व

विदेशी आउँदा दिनमा ५ वटा सम्म विमान चार्टर, हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व

काठमाडौं । हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन मुस्किल भएको छ । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा हवाई टिकट पाउँन मुस्कील भएको हो । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरुले नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

मौसमको प्रतिकुलता र एयरलाईन्सहरुको सिमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । विदेशी टोली आउँदा दिनमा ५ वटा सम्म चार्टर गर्ने निजी एयरलाईन्सहरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरु बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरु हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् ।

 


Thali Mobile Pvt.Ltd.