भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भक्तपुर नगरपालिकाको निर्णय

विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भक्तपुर नगरपालिकाको निर्णय

काठमाडौं । भक्तपुर नगरपालिकाले आफू मातहतका विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार सबै विद्यालयहरूलाई एक परिपत्र गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने निर्णय गरेको हो ।

शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गरेको परिपत्रमा भनिएको छ, ‘जेठ १ गतेदेखि लागू हुने हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुनु अनुरोध छ ।’

सरकारले जेठदेखि परीक्षणका रूपमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले शुक्रबार पूरा दिन पढाएर शनिबार र आइतबार बिदा दिन परिपत्र गरेको थियो । यद्यपि, कक्षा १२ सम्मको विद्यालय स्थानीय सरकारको मातहतमा पर्ने भएकाले स्थानीय तहले आवश्यकताअनुसार निर्णय गर्नसक्ने पनि अधिकार दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.