भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भक्तपुर नगरपालिकाको निर्णय

विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भक्तपुर नगरपालिकाको निर्णय

काठमाडौं । भक्तपुर नगरपालिकाले आफू मातहतका विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार सबै विद्यालयहरूलाई एक परिपत्र गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने निर्णय गरेको हो ।

शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गरेको परिपत्रमा भनिएको छ, ‘जेठ १ गतेदेखि लागू हुने हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुनु अनुरोध छ ।’

सरकारले जेठदेखि परीक्षणका रूपमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले शुक्रबार पूरा दिन पढाएर शनिबार र आइतबार बिदा दिन परिपत्र गरेको थियो । यद्यपि, कक्षा १२ सम्मको विद्यालय स्थानीय सरकारको मातहतमा पर्ने भएकाले स्थानीय तहले आवश्यकताअनुसार निर्णय गर्नसक्ने पनि अधिकार दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.