काठमाण्डौ । हरेक विपतपछि आउन सक्ने महामारीबारे सचेत रहन डाक्टरहरुले सुझाएका छन् । बाढी, पहिरोलगायतका विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका हुन । बाढी तथा पहिरोका कारण पानीका मुहानहरु कतै पुरिने, कतै दूषित हुने सम्भावना रहेकाले दूषित पानी पिउँदा विभिन्न रोगको जोखिम हुने देखिएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञहरुको सुझाव छ ।
झाडापखाला, टाइफाइड, हैजा र लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगहरु डेङ्गी तथा कालाजार लगायतका रोगको जोखिम हुने विज्ञहरुले जानकारी दिए । कोरोना भाइरसको महामारीको कारण धेरै समस्या हुने र एउटै चर्पीको प्रयोग गर्दा, सामूहिक रुपमा खाना खाँदा र बस्दा कोरोनाको सङ्क्रमणसँगै अन्य रोगको समेत जोखिम बढ्न सक्ने तिर सबैको ध्यान जानुपर्ने उनीहरुको सुझा छ ।
