भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध

विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध

बंगलादेश । बङ्गलादेशमाउड्न लागेका दुई वटा विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध भएको छ । राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त घटना भएको हो । उक्त घटनामा मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोकिएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेन्ड बाँकी हुँदा अकस्मात् रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि क्षति पुगेको थियो ।

यसअघि गएको डिसेम्बरमा पनि यही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोकिएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एअरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोकिएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको जनाएको छ । यात्रुलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.