भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता

विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता

वीरगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ ।मुख्य निर्वाचन कार्यालय विराटनगर सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श विद्यालयबाट आज जारी गरिएको सूचनामा वडा नं १, २, १६, १७, १८ र १९ नं को वडाको मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले दुई हजार ३७७, नेकपा ९एमाले०का सागर थापाले एक हजार ७१०, राप्रपाका प्रल्हादप्रसाद साहले ४३२ र स्वतन्त्र उम्मेदवार लाल्टिनका उमेश यादवले ७६३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले एक हजार ९२३, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार २०८, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५२६, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल ९लाल्टिन०ले ४७० मत प्राप्त गर्नुभएको छ ।
यस्तै वडा नं १ को वडाध्यक्षमा कांग्रेस, वडा नं २ मा राप्रपा, वडा नं १६ मा कांग्रेस, वडा नं १७ मा समाजवादी पार्टी, नेपाल, वडा नं १८ मा स्वतन्त्र र वडा नं १९ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.