भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

१० दिने विशेष मेला भर्न भक्तजन रसुवाको गोसाइँकुण्ड पुगे

१० दिने विशेष मेला भर्न भक्तजन रसुवाको गोसाइँकुण्ड पुगे

रसुवा । शनिबारदेखि रसुवाको गोसाइँकुण्डमा विशेष मेला सुरू भएको छ । कुण्डमा स्नान तथा आराधना गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले गर्न थालेका छन् । यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान छ । सुरक्षा प्रबन्ध मिलाएको र उद्धार गर्नुपर्ने अवस्थामा निःशुल्क फोन नम्बर एक सयमा खबर गर्न जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

शनिबार पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजन आउने क्रम निरन्तर बढेको जनाएको छ । दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी हरेक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने गर्छ ।

 


Thali Mobile Pvt.Ltd.