भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

विश्वभर कोरोना माथि विजय प्राप्त गर्ने १ करोड ७२ लाख भन्दा बढी

विश्वभर कोरोना माथि विजय प्राप्त गर्ने १ करोड ७२ लाख भन्दा बढी

काठमाडौं । एक करोड ७२ लाखभन्दा धेरै व्यक्तिले विश्वभर कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किएका छन् । विश्वमा हालसम्म दुई करोड ४८ लाख ९० हजारमा सङ्क्रमण देखिएकोमा एक करोड ७२ लाख ७५ हजार मानिस निको भएको तथ्यांकले देखाएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको ज्यान गएको छ । छिमेकी देश भारतमा ३४ लाख ६१ हजार जना सङ्क्रमित भएका छन् । २६ लाख ४७ हजार निको भएका छन् ।

भारतमा ६२ हजार सात सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७६ हजार सङ्क्रमित थपिएका छन्, एक हजार १९ जनाको ज्यान गएको छ ।

विश्वमा सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको ज्यान गएको छ । विश्वभर आठ लाख ४० हजार पाँच सयको ज्यान गइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.