विश्वविख्यात फुटबल खेलाडी पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज

विश्वविख्यात फुटबल खेलाडी पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ । उपचारपछि ब्राजिलका चर्चित फुटबलर पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । ८१ वर्षीय पेले उपचारका लागि गएको फेब्रुअरी १३ तारिखमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए । पेलेको गएको वर्ष सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । पेले आफ्नो फुटबल जीवनमा ब्राजिलका ९२ खेलमा ७७ गोलकर्ता तथा चार वटा विश्व कपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।

रुस–युक्रेन युद्धलाई लिएर पेलेले शुक्रवार ट्वीट गरी शान्ति, स्वतन्त्रता र प्रेमको विजयका लागि आफूले प्रार्थना गरेको उल्लेख समेत गरेका थिए । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् । पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.