भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

बहस र छलफलले पार्टीमा गति पैदा गर्छ : प्रवक्ता श्रेष्ठ

बहस र छलफलले पार्टीमा गति पैदा गर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार लिखितरूपमा पेश गर्नुभएको छ । यसअघि मङ्सिर ३ गते अर्का अध्यक्ष दाहालले समेत प्रस्ताव पेश गर्नुभएको थियो । पार्टी बैठबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसअघिको बैठकमा तय भएअनुसार नै आफ्नो विचार लिखितरूपमा प्रस्तुत गर्नुभएको बताउनुभयो ।

प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो । बहसले पार्टीलाई एकता र गति पैदा गर्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आएका प्रस्तावमाथि पार्टी कमिटीमा हुने जहाँ तही बहसको प्रक्रियाले पार्टीभित्र सकारात्मक योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यही मङ्सिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई आफ्नो विचार लिखितरूपमा प्रस्तुत गर्नका लागि सहमति प्रदान गरेको थियो । अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रतिवेदन अध्ययन गरेर तथा आवश्यक छलफल र गृहकार्य गरेर फेरि १६ गते १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने छ । उहाँले ९अध्यक्ष ओली०ले लिखितरूपमा प्रस्ताव पेश गरे पनि आफूहरुले हेर्न नपाएको बताउनुभयो । “पार्टीको अहिलेको समस्या, सङ्कट र त्यसलाई सामाधान गर्न छलफल बहस र अन्तरसङ्घर्षलाई सही दिशा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

उहाँले आजको सचिवालयको बैठकमा बोल्नुहुने अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षामा जोड दिनुभएको बताउनुभयो । “उहाँहरुले अहिलेको छलफल र बहसले पार्टी एकतामा विचलन पैदा हुने वा पार्टी फुटको दिशातिर जानुपर्नेमा सोच्नु हुन्न वा सोच्नुपदैन”, उहाँले भन्नुभयो, “पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न अहिलेको छलफल र बहसलाई सदुपयोग गर्नुपर्दछ”, भन्नुभयो ।

उहाँले दुईवटा प्रस्तावमाथि अध्ययन गरेर आगामी सचिवालय बैठकमा छलफल गरिने बताउनुभयो । दुवै प्रस्तावमाथि यही मङ्सिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुने र त्यो दिन नसकिए अर्को दिन मङ्सिर १७ गते पनि गर्र्ने जानकारी दिनुभयो । उहाँले पार्टीभित्र देखिएका समस्यालाई पार्टी कमिटीका बैठकमा व्यवस्थित र विधिवत ढङ्गले छलफल गरेर निष्कर्ष निकालिनेसमेत बताउनुभयो ।नेकपाले यही मङ्सिर १८ गते स्थायी कमिटी र मङ्सिर २५ गते केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.