सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा करीब ३७ वर्षपछि फेरि स्याउ फल्न थालेको छ । पर्यटकीय गाउँ हेलम्बुमा स्याउ फल्न थालेसँगै स्थानीय उत्साहित भएका छन् । स्याउ फल्न थालेपछि यहाका स्थानीय खेतीमा जुट्नुका साथै सहर पसेका युवा गाउँ फर्किन समेत थालेका छन् ।
२०४० सालपछि हेलम्बुमा स्याउ फल्न छोड्को थियो । बारीमा लगाइएको स्याउको बिरुवा पनि मर्न थालेको स्थानीयले स्मरण गरेका छन् । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । स्थानीय रेन्जेन ह्योल्मोले १०० ओटा बोट फुजी स्याउ रोपेका छन् ।
२ वर्षअघि रोपेको स्याउ अहिले फल्न शुरू गरेको छ । यो पटक एउटा बोटबाट ६ किलोदेखि ८ किलोसम्म स्याउ फलेको छ’, ह्योल्मोले भने, ‘स्याउ मझ्यौला आकारको भए पनि स्वादिलो र हेर्दै रहरलाग्दो छ ।’ स्याउ फल्न शुरू गरेको पहिलो वर्षमै ३०० किलो भन्दा बढी स्याउ बजारमा बेचिसकेको उनले बताए ।
कुनै समय हेलम्बु स्याउका लागि प्रख्यात थियो । तर बीचमा लागेको वे्रक पुन तोडिन थालेको र फेरी यहाँको परिचय फेरिने स्थानीयको भनाई छ ।
