भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दबाब

वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दबाब

वीरगञ्ज, । प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो । वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आउनुभएका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेशमान सिंहको समूहले पुस २८ गते बुधबार प्रदेश नं २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाउँदैछन् भने ३० गते शुक्रबार प्रदेशका मुख्यमन्त्रीको वीरगञ्ज निवास अगाडि शान्तिपूर्ण धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

समग्रमा देशकै प्रमुख आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने भन्दै पर्साबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरीलगायतको माग छ । वीरगञ्जलाई नै स्थायी राजधानी बनाउन खोजेको भन्दै वीरगञ्जवासीले दबाब सिर्जना गरेका छन् । मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदको बलिदानीको मूल्याङ्कन गरेर वीरगञ्जलाई प्रदेश नं २ को राजधानी कायम गर्नुपर्ने माग वीरगञ्जवासीको छ ।

होल्डिङ सेन्टर व्यवस्थापन

कोभिडका जटिल बिरामीको उपचारका लागि नेपालको प्रवेशद्वार पर्साको वीरगञ्ज भन्सार कार्यालयभित्र निर्माण गरिएको होल्डिङ सेन्टरमा तत्कालका लागि ४०० शय्या व्यवस्थापन गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै पूर्वतयारीका लागि कोभिडका जटिल बिरामीको उपचारका लागि होल्डिङ सेन्टरमा ४०० शय्याको व्यवस्थापन गरिएको हो ।

नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सोको पूर्वतयारीका लागि सेन्टरको व्यवस्थापनसहित इनर्वानाका र वीरगञ्ज नाकामा हेल्थडेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारीले दिए । जटिल भएका सङ्क्रमित आएमा होल्डिङ सेन्टरमा राख्ने र उनीहरुलाई खानासहितको आवश्यक जोहो गर्ने कार्यमा महानगरपालिका, जिल्ला कोभिड समन्वय समितिसहित सरोकारवाला निकायसँग समन्वय अघि बढाइएको प्रजिअ ढकालले बताए।

नेपाल–भारतको आवतजावतस्थलका रूपमा रहेको पर्साका विभिन्न नाका हुँदै नेपाल भित्रने नागरिकलाई लक्ष्य गरी कोभिड परीक्षणबाट सङ्क्रमित देखिएमध्ये जटिल बिरामीलाई उक्त होल्डिङ सेन्टरमा उपचारका लागि राखिने छ । भन्सार कार्यालयभित्र निर्मित एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर निर्माण जारी छ ।

 


Thali Mobile Pvt.Ltd.