काठमाण्डौ । वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेभ्रष्टाचारको मुद्दा दायर गरेको छ । वडाध्यक्ष भरतप्रसाद कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरुद्ध विशेष अदालत काठमाण्डौमा आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
तत्कालीन वडा सचिव अनामिका रौनियारबाट एक लाख ३१ हजार ९० बिगो कायम गरी त्यति नै रकम जरिबाना गर्न तथा कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ । उनीहरुले घरबाटोलगायत अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आरोप छ । आरोपीबाट एक लाख दुई हजार ५ सय ८५ रुपैयाँ असुलउपर गराउन माग गरिएको छ ।
