भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

दाङ । दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।हरेक हप्ताको सोमबार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट र हरेक शुक्रबार देउखुरीस्थित सिसहनिया स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ ।

बुधबार बसेको कोभिड–१९ खोप समन्वय समिति र अनुगमन समितिको बैठकले वैदेशिक रोजगारीमा जाने वा अन्य कुनै उद्देश्यले विदेश जान लागेकालाई खोप लगाउने निर्णय गरिएको कार्यालयका प्रमुख शाहीले बताउनुभयो । तीन ठाउँबाट कोरोनाविरुद्धको जोनसोन खोप लगाइनेछ । दाङमा तीन लाख ३० हजार ७४१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

घोराही उपमहानगरपालिकाले १८ वर्षमाथि उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्राको भेरोसेल खोप लगाउँदै छ । पहिलो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइने भएको छ । यसअघि खोप लगाएका १८ वर्ष माथिकालाई दोस्रो मात्रा र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरिएको हो । पालिकाभित्रका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभयो । अठतीस हजार ५०९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको उहाँको भनाइ थियो ।

वडा तथा स्वास्थ्य संस्थाले पनि भूगोलअनुसार पायकपर्ने ठाउँमा खोप केन्द्र खेलेका छन् । उपमहानगरपालिकामा अहिलेसम्म एक लाख १० हजार ८१५ जनाले पहिलो डोज र ५० हजार ४९१ जनाले दुुवै डोज खोप लगाएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.