भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र

शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र

राजविराज । सप्तरीको सदरमुकाम राजविराजस्थित हटिया बजार व्यवस्थित गर्न निर्माण शुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ ।राजविराज बजारलाई व्यवस्थित गर्नका लागि शुरु गरिएको दुईतले शपिङ कम्प्लेक्स निर्माण गर्न बजेट अभाव रहेको भन्दै करीब पाँच÷छ महिनादेखि काम बन्द रहेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शहरी विकास मन्त्रालयले राजविराजस्थित हटियामा निर्माण भइरहेको शपिङ कम्प्लेक्स निर्माणका लागि बजेट नदिएको भन्दै बाध्य भएर अहिले सबै काम ठप्प गरिएपछि कामकाज अलपत्र अवस्थामा छ ।”मन्त्रालायबाट बजेट दिएपछि पुनर्निर्माण गर्ने भन्दै अहिले कोरोना महामारीको कारण देखाउँदै निर्माण कम्पनीले समेत भवन निर्माण अवरुद्ध गरेपछि कामकाज ठप्प रहेको उहाँको भनाइ छ ।

दुई महिनादेखि बन्दाबन्दीका कारण अवरुद्ध रहेको हटिया बजार व्यवस्थित गर्ने निर्माणको काम अहिलेसम्म शुरु गरिएको छैन ।नगरपालिकाले वडा नं ७ हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन शहरी विकास कार्यक्रमअन्तर्गत पाएको कूल रु ३५ करोडअन्तर्गत रु १९ करोडको लागतमा त्यसलाई व्यवस्थित गर्न दुईतले शपिङ कम्प्लेक्स निर्माणको काम शुरु गरेको थियो ।

अहिले शहरी विकास मन्त्रालयले समयमा बजेट नदिएकाले अभावमा यहाँको निर्माण अलपत्र अवस्थामा रहेको नगरवासीको भनाइ छ ।राजविराज हटिया व्यवस्थित गर्नका लागि कूल ३०८ कोठा रहने गरी दुईतले भवन निर्माण तीन वर्षभित्र गर्नुपर्ने थियो । दुई वर्ष बिते पनि निर्माण कार्य अहिलेसम्म सकिएको छैन । त्यसअनुसार भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोशन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण कार्य थालिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.