भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

शिक्षक नै चुनावी प्रचारमा होमिएपछि…

शिक्षक नै चुनावी प्रचारमा होमिएपछि…

बुटवल । स्थानीय तह निर्वाचनको आचारसंहिता विपरित कपिलवस्तुमा शिक्षकहरु चुनावी प्रचारमा दौडिएको पाइएको छ ।

कृष्णनगर नगरपालिका वडा ११ सरफरको नेपाल राष्ट्र आधारभुत विद्यालयका प्रधानाध्यापक प्रहलाद पाण्डे कपिलवस्तु नगर प्रमुखका एमाले उम्मेदवार कुनाल प्रताप शाहको प्रचार प्रसारमा खटिएका हुन् ।

विद्यालयको कामकाज प्रभावित हुनेगरि नै निर्वाचन अचारसंहिता विपरित चुनावी प्रचारमा खटेका पाण्डेय नेपाल शिक्षक संघ कृष्णनगर नगर कमिटिका अध्यक्ष भएको बुझिएको छ ।

निर्वाचन आयोगले सरकारी कर्मचारीले कुनै पनि दल र नेताको प्रचार प्रसार गर्न नहुने निर्देशन दिए पनि नेकपा एमालेका नेताको प्रचारमा गाउँ घुमेर भोट माग्दै हिँडेको पाइएको हो ।

 


Thali Mobile Pvt.Ltd.