भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

काठमाडौँ । शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गर्नुभएको छ । ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ सिआइपी सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी उहाँले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गर्नुभएको हो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका जिल्लाअध्यक्ष कँडेल ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

समाजले उक्त कोषमा थप रकम जुटाएर वार्षिकरुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम गर्ने महासचिव शेषकान्त पण्डितले जानकारी दिए । कँडेलले दुई वर्षअघि नेपाल सरकारको कोभिड–१९ रोकथाम तथा उपचार कोषमा सोही बराबरको रकम प्रदान गर्नाका साथै गत वर्ष आफ्नै वडास्थित कालिका आधारभूूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि दिवङ्गत पिता नेत्रप्रसादको स्मृतिमा रू एक लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.