भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

शिक्षित समाज समुदायको विकास र रुपमान्तरणका लागि प्रेरणा बन्छ

शिक्षित समाज समुदायको विकास र रुपमान्तरणका लागि प्रेरणा बन्छ

भक्तपुर । तारा माविमा ४१ वर्षे शैक्षिक सेवामा समर्पित विद्यालयका संस्थापक शिक्षक एवम् प्रधानाध्यापक पुष्पलाल सुजखूको सम्मान, विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले अवकास पश्चात पनि थप जिम्मेवारीबोध हुनुपर्ने तथा नयाँ पुस्ताको आफ्ना अनुभव सँगालेर पुस्तक प्रकाशन गरी पठनीय सामग्री तयार गर्दा नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत बन्ने उल्लेख गरे ।

शिक्षित समाजले समुदायको विकास र रुपमान्तरणको लागि सहयोग पु¥याउने जिकिर गर्दै राजनीतिक कार्यकर्ता राम्रो भए देश राम्रो हुने र गलत मानसिकताले राजनीती गरे देश पछाडि पर्ने हुँदा नयाँ पुस्तका विद्यार्थी संगठित, सचेत र विचारमा परिपक्व हुनुपर्ने बताए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी देशको नेतृत्व तहमा पुगिरहेको ज्वलन्त उदाहरण प्रस्तुत गरे ।

भक्तपुर नपाले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने क्षमतावान विद्यार्थी उत्पादन गर्न कलेजहरु सञ्चालन गरिरहेको बताए । भक्तपुरको शैक्षिक प्रगतिमा तारा माविको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै हाल कोभिडका कारण शैक्षिक क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको हुँदा विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने तथा शिक्षकहरुले इमानदारीपूर्वक कार्य गरी विद्यार्थीहरुको भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखूले अध्यापनरत रहँदाका आप्mनो अनुभव राख्नुहुँदै विद्यालय स्थापनाले समाज र समुदायको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । सोही कार्यक्रममा तारा माविका निवर्तमान प्रधानाध्याप सुजखूले नवनियुक्त प्रधानाध्यापक प्रेमलक्ष्मी त्वायनालाई पदभार हस्तान्तरण गरे ।

 


Thali Mobile Pvt.Ltd.