भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

शुक्लाफाँटाका कर्मचारीले पाएनन् तलब

शुक्लाफाँटाका कर्मचारीले पाएनन् तलब

कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन् । दसैँका लागि तलब थाप्न नपाइने भएपछि उहाँ निराश हुनुभएको हो । “तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दसँैं मनाउने योजना थियो” उहाँले भन्नुभयो, “तलबनै नपाइने भएपछि रमाइलोसँग दसैँ मनाउने सपना सपनामै सीमित रहन पुगेको छ । निकै न्यास्रो लागेको छ ।” नगरपालिकामा कार्यरत ८३ स्थायी, १४२ करार र एकजना अस्थायी गरी २२६ कर्मचारीले तलब थाप्न पाएका छैनन् ।

आधारभूत तह, माध्यमिक तहका गरी ३०० , निजी स्रोतका ८४ शिक्षक, लेखापाल, १३ र बालविकास ६५ गरी ४६२ विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् । वडाको बजेट बाडँफाँट र योजनाको टङ्गो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन । “वडा कार्यालयले योजना दिन ढिलाइ गरे” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसन सिंह थापाले भन्नुभयो, “खाता सञ्चालनमा ल्याउन सकेनौं । त्यसै कारणले कर्मचारीलाई दसैँमा तलब दिन सकिएन ।”

तलब निकासाका लागि प्रयास गर्दागर्दै पनि उपलब्ध गराउन नसकिएको उहाँले जानकारी दिए । नगर परिषद्मा गत असार ९ गते पेश भएको बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच चर्काचर्की भएपछि अवरोध भएको थियो । लामो समयसम्म बजेट बाँडफाँट हुन नसकेपछि अन्यौलताको अवस्था सिर्जना भएको थियो । विवादकैबीच बजेट बाँडफाँट गरिए वडाबाट योजनानै समयमै उपलब्ध नगराइएपछि कर्मचारीले दसैँका बेला तलबनै पाएनन् । नगरपालिका कर्मचारीका अनुसार बजेटको रातो किताब अहिलेसम्म पनि प्रकाशित भएको छैन ।

रातो किताब कोष तथा लेखा नियन्त्रकको कार्यालय कोलेनिका मा पेश भएपछि मात्रै बजेट निकासा गरिने कानूनी प्रावधान रहेको छ । तलब नपाइएपछि अधिकांश नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकले आफन्तबाट सापटी र कर्जा लिएर दसैँको खर्च चलाउने योजना बनाएका छन् । दसैँमा तलब पाएनौँं” नगरपालिकाका कर्मचारी गोकुल जोशीले भन्नुभयो, “आफन्तबाट सापटी माग्ने योजनामा छौंँ । पाउने नपाउने निधो छैन । खर्च नभएपछि अरुको मुख ताक्नुपर्ने अवस्था आएको छ ।”

आव २०७८–७९ को पहिलो त्रैमासिक तलब भत्ता चाँडो भन्दा चाँडो निकासाका लागि नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाउँदासमेत पाउन नसकिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका नगर कमिटी अध्यक्ष लोकेन्द्र कुँवरले जानकारी दिए । “केही दिनअघिनै शिक्षक कर्मचारीको मासिक तलब निकासाका लागि माग गरेपनि पाउन सकेका छैनौँं” उहाँले भन्नुभयो, “खर्च बिनानै वर्षमा एक पटक आउने दसैँ मनाउनुपर्ने भएको छ ।”

Mohotsav


Thali Mobile Pvt.Ltd.