भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

शेयर बजारमा हरियाली, नेप्से परिसूचक ५६.७३ अङ्कले बढ्यो

शेयर बजारमा हरियाली, नेप्से परिसूचक ५६.७३ अङ्कले बढ्यो

काठमाडौँ, । धितोपत्र बजारमा लामो समयपछि आज कारोबार मापक नेप्से परिसूचक हरियो भएको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५६.७३ अङ्कले बढेर दुई हजार ४१५.५५ अङ्कमा पुगेको हो । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११.३४ अङ्कले बढेर ४६२.५२ मा पुगेको छ ।

कूल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर रु दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ मूल्यमा खरिद बिक्री भए । नेप्से बढे पनि कारोबार रकममा भने कुनै वृद्धि देखिएको छैन । आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९६ अर्ब ३२ करोड १३ लाख १० हजारको हाराहारीमा पुगेको छ । कारोबार भएका सबै १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

बैंकिङ ३२.९१, व्यापार ६९.८२, होटल तथा पर्यटन ५४.०३, विकास बैंंक १३७.८८, जलविद्युत् ३७.९२, निर्जीवन बीमा २०४.३४, उत्पादन १७०.१, अन्य ७०.४९, लघुवित्त ९०.७१, जीवन बीमा २०६.५८, सामूहिक लगानी कोष ०.१२ र लगानी १.४२ अङ्कले बढेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ५८ लाख ६९ हजार ४२० बराबरको कारोबार भयो ।

नबिल बैंक रु १४ करोड १८ लाख चार हजार २६, नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ३९ लाख ३८ हजार २२४, मञ्जुश्री फाइनान्स रु सात करोड ५५ लाख ६५ हजार २७२ र एनएमबी बैंक रु छ करोड ४८ लाख २५ हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

जानकी फाइनान्स ९.८१, रसुवागढी हाइड्रोपावर ९.२१, ग्रीनलाइफ हाइड्रोपावर ८.२६, र रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.९३ प्रतिशतले कमाए । उता, गुर्खाज फाइनान्स ८.८९, नबिल ब्यालेन्स फण्ड ३.५२, तेह्रथुम पावर कम्पनी ३.२६, एनएमबी डिवेञ्चर २.५० र नबिल डिवेञ्चर २०८५ का लगानीकर्ताले २ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकले सोमबार केही वस्तुको आयातमा सीमा लगाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको विश्लेषण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.