भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

श्रीलंका आर्थिक संकटः एक दिनका लागि धान्ने इन्धनमात्र बाँकी

श्रीलंका आर्थिक संकटः एक दिनका लागि धान्ने इन्धनमात्र बाँकी

एजेन्सी । श्रीलङ्का आर्थिक संकट थप जटिल बन्दै गएसंगै अब एक दिनका लागि मात्र इन्धन सञ्चय रहेको श्रीलङ्काका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले बताएका छन् ।

उर्जामन्त्री आर्थिक विजेसेकेराले देशमा पेट्रोल भण्डार झन्डै चार हजार टन रहेको बताए । लगभग चार हजार टन भण्डारले एक दिनको माग धान्न पनि मुस्किल रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

श्रीलंकाका धेरैजसो पेट्रोल पम्पमा तेल छैन भने सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्पको अवस्थामा छ । मानिसहरु राजधानीका धेरै ठाउँहरुमा तेलको लानमा बस्ने गरेका छन् । इन्धनका लागि विदेशसंग कुरा भइरहेको मन्त्री विजेसेकेराले जनाएका छन् । उनका अनुसार पेट्रोल तथा डिजल जुलाई २२ र २३ तारिक अधि आइपुुग्ने सम्भावना रहेको बताइरहेका छन् ।

गएको हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । आज बैंक तथा कार्यालय पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित श्रीलङ्काका धेरैजसो पेट्रोल पम्प हिजोदेखि बन्द भएका छन् ।

श्रीलंकाका २ करोड २० लाख नागरिकको जनजीवन कष्टकर बनेको छ । विदेशी मुद्राको अभावले खराब आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काले अति आवश्यक समग्रीको आयातलाई समेत धान्न सकेको छैन् ।

 


Thali Mobile Pvt.Ltd.