भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

श्रीलंकाले अब के गर्ला : इन्धनको मौज्दात पनि सकियो

श्रीलंकाले अब के गर्ला : इन्धनको मौज्दात पनि सकियो

काठमाडौं । इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको श्रीलंकाले अब के गर्ला भन्ने आम प्रश्न उठी रहेको छ । राजधानी कोलम्बोसहित देशभरका पेट्रोल पम्पहरूमा तेल भर्ने पालो पर्खेर बसेका सवारी साधनको लामो लाइन भए पनि पेट्रोल पम्पहरूले पहिले नै सुख्खा लागेको जनाइएका छन् ।

सरकारले पछिल्लो पटक खरिद गरेको तेल आइपुग्न अझै दुई साता लाग्ने छ । इन्धनको अभाव भएपछि सोमबारदेखि लागू हुने गरी देशभरका विद्यालयहरू समेत बन्द गरिएको छ । तत्कालका लागि एक साता विद्यालयहरू बन्द गर्ने र घरबाटै अनलाइन कक्षा लिन भनिएको छ । तर इन्धनको अभावमा बिजुली संकट समेत बढेकाले अनलाइन कक्षाको टुंगो नुहने बताइएको छ ।

देशभर रहेका चार हजार पम्पहरूमा अब एक दिनका लागि पुग्ने तेल मात्रै बाँकी रहेको ऊर्जामन्त्री कञ्चना विजेसेखेराले बताएका छन् । सरकारले बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म बिजुली आपूर्ति अवरुद्ध नहुने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी रहेको र त्यसपछि आकस्मिक प्रयोगका लागि पनि इन्धन नरहने त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.