भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

श्रीलङ्काको जाफनाको नजिकैबाट पक्राउ गरिएका २२ जना भारतीय मछुवा रिहा

श्रीलङ्काको जाफनाको नजिकैबाट पक्राउ गरिएका २२ जना भारतीय मछुवा रिहा

काठमाडौं । श्रीलंकाको जाफना टापु नजिकैबाट पक्राउ परेका २२ जना भारतीय मछुवालाई रिहा गर्न अदालतले आदेश दिएको छ । श्रीलङ्काको अदालतले उनीहरुलाई रिाहा गर्न आदेश दिएको हको हो । श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले उनीहरुलाई गएको जुन २२ तारिखमा पक्राउ गरेको थियो । साथै मछुवाबाट भारतीय डुङ्गा समेत नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका २२ जना मछुवालाई स्थानीय प्रहरीले अनुसन्धानपछि अदालतमा उपस्थित गराएको थियो । तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टईमा माछा मार्ने बन्दरगाहबाट निस्केका उनीहरुलाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो ।

बुधबार रिहा भएका २२ जना भारतीय मछुवा केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको मछुवा सङ्घलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । न्यायाधीशले उनीहरुलाई जुलाई ५ तारिख अर्थात् हिजोसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । हिरासत पूरा भएपछि फेरि अदालतमा पेस गरिएका उनीहरुलाई अदालतले रिहा गर्न आदेश दिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.