श्रीविजय एयरकाे बोइङ विमान वेपत्ता

श्रीविजय एयरकाे बोइङ विमान वेपत्ता

एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्ताबाट पोन्टियानका लागि उडान भरेको बोइङ विमान वेपत्ता भएको छ। श्रीविजय एयरको उक्त विमान हराएको यातायात मन्त्रालयका प्रवक्ता आदिता इरावतीले बताएका छन्।

विमानमा ५६ यात्रु रहेको बताइएको छ। जसमा ७ बालबालिका र ६ जना क्य्रु मेम्बर रहेका छन्। २७ वर्ष पुरानो बोइङ ७३७-५०० नामको विमान करिब १० हजारमाथी उडेपछि बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन्।

Mohotsav


Thali Mobile Pvt.Ltd.