भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

संकटमा कृष्णसार, जोगाउनै मुस्किल

संकटमा कृष्णसार, जोगाउनै मुस्किल

खैरापुर । चितुवाको निशानामा कृष्णसार परेका छन् । कृष्णसार संरक्षण क्षेत्रमा चितुवाको आक्रमणबाट धेरैको ज्यान गएको छ ।
संरक्षण क्षेत्रमा कार्यरत रेञ्जर मनराज लामा मोक्तानका अनुसार चालु वर्षको पुस तेस्रो सातासम्म २६ वटा कृष्णसारको मृत्यु भइसकेको छ ।

यो वर्ष मृत्यु भएका कृष्णसारमध्ये २० वटा चितुवा आक्रमणबाट हो । अर्थात् ७७ प्रतिशत कृष्णसारको मृत्यु चितुवा आक्रमणबाट भएको छ। संरक्षण क्षेत्रसँगै जोडिएको उत्तरमा बबई नदीपारिको बागेश्वरी सामुदायिक वनबाट चितुवा आउने गरेको स्थानीयले बताएका छन् ।

स्थानीयले जंगलमा बच्चासहितको तीन–चार वटा चितुवा देखेको जानकारी संरक्षण कार्यालयलाई दिएका छन्। ०७५ ७६ मा एउटा चितुवालाई सो क्षेत्रबाट नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो।

 


Thali Mobile Pvt.Ltd.