भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

संयुक्त राष्ट्रसंघका ७ उच्च अधिकारी देश निकाला

संयुक्त राष्ट्रसंघका ७ उच्च अधिकारी देश निकाला

काठमाडौं । संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई अफ्रिकी मुलुक ईथियोपियाले देश निकाला गरेको छ । आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपिया सरकारले ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ ।

इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा विचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरेको जनाइएको छ । राष्ट्रसंघका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मालिमामा चाहिने भन्दा बढी प्रचारवाजी गरेको तथा केही गम्भिर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफ्नो उच्च अधिकारीहरु इथियोपियाबाट निष्काशनमा परेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने अचम्मित भएको प्रतिक्रिया दिएका छन् । इथियोपियाको द्धन्द्धग्रस्त टिग्रे क्षेत्रमा मानविय संकट रहेको विषयमा राष्ट्रसंघका अधिकारीहरुले बारम्बार आवाज उठाईरहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.