भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेस एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेस एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्टसंघ, । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ । उहाँको प्रवक्ता स्टेफान डुजारिकले सो भ्रमणका बारेमा जानकारी दिनुभएको हो । प्रवक्ता डुजारिकले महासचिव गुटर्रेस जापान, मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लाग्नुभएको बताउनुभएको हो । महासचिव गुटर्रेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुने छ ।

जापानमा उहाँले हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनुहुने छ । महासचिवका प्रवक्ता डुजारिकले जापानको हिरोसिमामा हरेक वर्ष अगष्ट ६ तारिखमा आयोजना हुने सो शान्ति सम्मेलनमा उहाँ सहभागी हुनुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो । महासचिव गुटर्रेस जापानमा रहँदा त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ठ सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ ।

उहाँले त्यस अवसरमा दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम रहेको बताइएको छ । जापानपछि उहाँ मंगोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानुहुने उहाँका प्रवक्ता डुजारिकले जानकारी दिनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.