भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सबै यात्रुको सकुसल उद्धार

सबै यात्रुको सकुसल उद्धार

फिलिपिन्स । फिलिपिन्समा आगलागी भएको फेरीबाट १ सय ६५ जना मध्य दुई जना बाहेक अरु सबै यात्रुको सुरक्षित रुपमा उद्धार गरिएको छ । आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ । फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेको एउटा फेरीमा आगलागी भएको हो ।

फेरीमा १ सय ५७ यात्रु र आठ चालकदलका सदस्य रहेको उल्लेख गरिएको छ । मामा मेरी–क्लो नाम गरेको डुङ्गा बोहोल र लेयट टापुको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा उद्धारपछि यात्रुहरु नदी किनारमा बसेको देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.