भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छः मुख्यमन्त्री शाही

सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छः मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुने बताउनुभएको छ ।
‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उहाँले शुभकामना सन्देश दिनुहुँदै प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने यहाँका चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताउनुभयो ।

“सङ्घीय व्यवस्था स्थापनाका लागि दशकौँदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण सङ्घर्षको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि बलिदानीपूर्ण सङ्घर्ष गरे”, उहाँले भन्नुभएको छ, “सङ्घीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवं कर्णाली प्रदेशवासीको छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित दुईसाता चलेको जनआन्दोलन र चारजना वीरशहीदको बलिदानपश्चात् कर्णाली प्रदेश स्थापना भएको थियो ।”

साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारले आजकै दिन वीरगति प्राप्त गरेका थिए । प्रदेश प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रहेर लड्दै गर्दा शहादत प्राप्त गर्ने महान् शहीदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले सन्देशमा आन्दोलनमा घाइते भएका योद्धाप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना गर्नुका साथै आन्दोलनमा सरिक आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सङ्घीयता विरोधी षडयन्त्रकाविरुद्ध निरन्तर खबरदारी गर्न सबैमा आग्रह गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँका अनुसार ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को ऐतिहासिक दिनलाई भव्यरुपमा मनाउने सोच भए पनि कोरोना महामारीको सङ्कटले औपचारिक कार्यक्रम गर्ने अवस्था रहेन यद्यपि दिवसको अवसरमा प्रदेश सरकारले आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को अभियानमा एकताबद्ध भई अगाडि बढ्न यो दिवसले समस्त कर्णालीवासीमा थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.